चन्द्रागिरि हिल्सले भन्यो–केबलकारमा कुनै समस्या छैन

काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरिमा सञ्चालित केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको जनाएको छ । लिमिटेडले शुक्रबार चन्द्रागिरिमा पत्रकार सम्मेलन गर्दै चन्द्रागिरि हिल्सले कहिलेकाही बिधुत आपूर्तिमा समस्या हुँदा केबलकार रोकिने गरेको भन्दै केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको जनाएको हो ।
पत्रकार सम्मेलनमा चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि केबलकारमा कहिलेकाहीँ बिद्युत आपूर्ति बन्द हुँदा र टेक्नोलोजीको हिसाबले केही समय रोकिने जानकारी दिदै केही समस्या आएमा तत्कालै समस्या समाधान गर्ने गरिएको बताए । उक्त समस्या केवलकारको समस्या नभएर बिद्युतका कारण समस्या भएको उनको भनाइ छ । ढकालले प्राविधिक समस्यामा बारेमा बुझाई फरक पर्दा चन्द्रागिरि केवलकारका बारेमा भ्रम सिर्जना भएको जिकिर गरे। केहि कारणले बीचमा नै केवरकार रोकिए यात्रुको स्वास्थ्यमा कुनै असर नपर्ने उनले बताए ।
चन्द्रागिरि हिल्स लिमिटेडले विद्युत्, जेनेटर र इमरजेन्सी ड्राइभबाट केबलकार सञ्चालन गर्ने गरेको र केहि कारणले केबलकार सञ्चालनमा नै आउन नसके मन्दिरमा रहेका व्यक्तिहरुलाई सडकमार्गबाट ल्याउने व्यवस्था पनि गरिएको जनाएको छ ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया