पेरुमा कोभिडको चौथो लहर सुरु, संकटकालको म्याद थपियो

लिमा- कोभिडको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि पेरुमा सङ्कटकाल लम्ब्याइएको छ । पेरुमा कोभिड सङ्क्रमणको चौथो चरण सुरु भएको घोषणा गरिएको छ । सङ्कटकाल आगामी अगस्ट १ देखि २८ दिनसम्म लागू हुने उल्लेख गरिएको छ ।
“देशमा कोभिडको महामारी बढ्दै गइरहेको छ, यसले मानव स्वास्थ्यलाई ठूलो चुनौती दिएको छ, त्यसैले सरकारले लागू गरेको सङ्कटकाल फेरि लम्ब्याउने निर्णय भएको छ,” सरकारी एक अधिकारीले भने ।
अघिल्लो हप्ता औसतमा ११ हजार मानिस दैनिक नयाँ सङ्क्रमित भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पेरुमा पछिल्लो एक दिनमा १४ हजार १८६ जना सङ्क्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।
पेरुमा कोभिडका कारण अहिलेसम्म ३८ लाख ७३ हजार ७०२ जना सङ्क्रमित र दुई लाख १४ हजार १२० जनाको मृत्यु भएको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया