थप ६ सय २० जनामा कोभिड संक्रमण, एककाे मृत्यु

काठमाडौँ- नेपालमा थप ६ सय २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परीक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टिजेन परीक्षणका क्रममा १ सय २४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
कोभिडका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप २ सय ९७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६२ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ५ सय ६७ सक्रिय संक्रमित आइसाेलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया