बन्दना राणा दोस्रो कार्यकालका लागि सीडाको सदस्यमा निर्वाचित

काठमाडौं : महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी राष्ट्रसंघीय समिति (सीडा) को सदस्यमा नेपालबाट बन्दना राणा पुनः निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि सेडव्को सदस्यमा निर्वाचित भएको राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग न्यूयोर्कले जनाएको छ । न्यूर्योकमा सोमबार भएको समितिको २१ औँ बैठक अन्तर्गतको निर्वाचनमा १ सय ३७ मुलुकको मत पाएर राणा पुनः निर्वाचित भएकी हुन् । राणा हाल सीडाको उपाध्यक्ष छिन् ।
१९ उम्मेदवार मध्ये सर्वाधिक मत पाउनेको सूचीमा उनी तेस्रो स्थानमा रहेको पनि नियोगले जनाएको छ । सन् २०२१-२०२४ को कार्यकालका लागि निर्वाचित हुने ११ उम्मेदवार मध्ये उनी एक हुन् । उनले सरकार, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, न्यूयोर्क र जेनेभास्थित दुई स्थायी नियोग, भारतस्थित नेपाली दूतावासलगायत सबैको अथक मेहनतले यो पद नेपाललाई प्राप्त भएको भन्दै सबैलाई धन्यवाद दिएकी छन् ।
नेपालकी राणासँगै चीन, अस्ट्रेलिया , फ्रान्स, नेदरल्याण्डस, बहमास, लिथुवानिया, घाना, मेक्सिको, लेबनान र फिलिपिन्सका विज्ञहरु पनि सिटका लागि निर्वाचित भएका छन् । उक्त कमिटिमा रहेर काम गर्ने उनी पहिलो नेपाली हुन् । राणाले तीन दशकदेखि लैंगिक समानता र महिला अधिकारको पक्षमा काम गर्दै आएकी छन् । उनलाई सरकारमा रहेका मन्त्रीहरुले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् । अन्तराष्ट्रिय मञ्चमा नेपालको उपस्थिती बलियो भैरहेको धारणा पनि राखिरहेका छन् ।

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण
असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

प्रतिक्रिया