टोखामा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाण्डौको टोखा नगरपालिका–३ ग्राण्डी पछाडिको सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
बागमती प्रदेश ०२ ०२९ प १०९८ नम्बरको स्कुटर र बा ९६ प २४४५ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएकी स्कुटर चालक काठमाण्डौको तारकेश्वर नगरपालिका–९ बस्ने १९ वर्षिया रोजिना महर्जनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालक टोखा नगरपालिका ३ का २८ वर्षिय समिर श्रेष्ठको सोही अस्पतालमै उपचार भइरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया