सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त : उपाध्यक्ष पौडेल

बुटवल - नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त हुने बताएका छन् ।
यो गठबन्धनलाई मुलुकको चिन्ता भन्दा पनि सत्ता कसरी जोगाउने भन्ने कुराको मात्र चिन्ता रहेको भन्दै उनले राष्ट्रिय हितको रक्षा, मुलुकको विकास र समृद्धिको एजेण्डामा गठबन्धनको कुनै चासो नरहेको बताए ।
मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७८/७९ का विजयी खेलाडीहरूको सम्मानमा आइतबार आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । `सत्ता गठबन्धनका कारण मुलुकको सबै क्षेत्र अस्तव्यस्त छ, महंगी र भ्रष्टाचार बढेको छ, शिक्षा, स्वास्थ्य, खेलकुद जताततै अस्तव्यस्तताको अवस्था छ।` उनले भने, `तर गठबन्धनलाई सत्ता कसरी जोगाउने भन्ने मात्र चिन्ता छ ।`
उनले मुलुकलाई सही दिशा निर्देश गर्ने र ठिक ढंगले नेतृत्व गर्ने पार्टी एमाले बाहेक अरू नभएको दाबी पनि गरे । एमाले सरकारबाट हटेपछि देशमा देखिएको बेतिथिले पनि एमाले बाहेक अरूले नेतृत्व गर्न नसक्ने कुराको पुष्टि हुने पनि उनले बताए ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा रुपन्देहीबाट स्वर्ण, रजत र काश्यपदक विजेता खेलाडीलाई सम्मान गर्दै पूर्व खेलकूदमन्त्री समेत रहेका पौडेलले खेलाडी राष्ट्रका गहना नभई आधारस्तम्भ रहेको बताए । खेलाडीहरूको समस्यामा हरेक समय साथ दिन एमाले तयार रहेको र उनीहरूका मुद्दा सम्बोधनका लागि निरन्तर क्रियाशील रहने पनि पौडेलले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया