बेपत्ता पुरुष मृत अवस्थामा भेटिए

तम्घास- मलामी जाँदा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका पुरुष मृत अवस्थामा भेटिएका छन् । गुल्मीको मुसिकोट नगरपालिका-४ आरुपाटा बस्ने ५५ वर्षीय तुलबहादुर अधिकारीको शव आज भेटिएको हो । अधिकारी शनिबार साँझ साढे ४ बजे मलामी जाने क्रममा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका थिए ।
बेपत्ता भएको खबर पाउनासाथ स्थानीयका साथसाथै प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीको नेतृत्वमा गएको समूहले उनको खोजी गरेको थियो । खोज्ने क्रममा आइतबार गुल्मीदरबार गाउँपालिका-२ तल्लो घोरहास्थित बडिगाड खोलाको बीचमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया