खोटाङबाट काठमाडौँ जाँदै गरेको सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाइते

खोटाङ- खोटाङबाट काठमाडौँ जाँदै गरेको सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाइते भएका छन् ।
आइतबार दिक्तेलबाट काठ्माडौँ जाँदै गरेको ना १ ज ७४४१ नम्बरको सुमोलाई विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०२५ च ०३६६ नम्बरको सिंगल क्याप बोलेरोले सिन्धुलीको सुनकोसी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा ठक्कर दिँदा १० घाइते भएका हुन् । घाइतेमध्ये ६ जना खोटाङका छन् ।
बोलेरोको ठक्करबाट सुमो चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका फडिन्द्र बिक, सुमोमा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका भक्तबहादुर बुढाथोकी, जीवन खत्री, सविन खत्री, प्रतिभा राई, बबिता राई घाइते भएको प्रहरीचौकी रातामाटा सिन्धुलीले जनाएको छ ।
यस्तै, ललितपुर महालक्ष्मी नगरपालिका–२३ का निरमायाँ मगर, भक्तबहादुर मगर र सिन्धुली तिनपाटन गाउँपालिका–९ का रञ्जना खुलाल घाइते भएका छन् । यस्तै, बोलेरो चालक धादिङको थाक्रे गाउँपालिका–३ का किरण मिजार पनि सामान्य घाइते भएका छन् । घाइतेहरुको धुलीखेल, बनेपा र काठ्माडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया