वीपी प्रतिष्ठान धरानको रजिष्ट्रारमा कांग्रेस नेतृ संग्रौलाका श्रीमान

काठमाडौँ- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रार पदमा डा. सूर्य संग्रौला नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री परशुराम खापुङले उनलाई रजिष्ट्रार नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएको जानकारी दिए ।
उनी कांग्रेस नेतृ डा. डिला संग्रौलाको श्रीमान हुन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री खापुङले संग्रौलालाई रजिस्ट्रारको जिम्मवारी दिएका हुन् ।
प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी विवादमा परेपछि २०७८ भदौ ११ गते राजीनामा दिएका थिए । उनको राजीनामा गत भदौ २४ गते स्वीकृत गरैसँगै त्यसयता रजिष्ट्रार पद रिक्त थियो ।
यसैगरी, प्रतिष्ठानको अस्पताल निर्देशकमा डा. जगत प्रसाद नियुक्त भएका छन् । यसअघि उनी अस्पतालका सहायक निर्देशक थिए ।

क- कसले सजिवन झुक्किएर खानुहुन्न ?

लामखुट्टेले हैरान गर्यो ? यी चार घरेलु तरिकाले भगाउनुहोस्

नेपाललाई क्षयरोग मुक्त बनाउनुपर्छ : मन्त्री पौडेल

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

अत्यधिक गर्मीले हुनसक्छ लु , कसरी बच्ने ?

अब घरमा यसरी बनाउनुहोस गर्मी हटाउन सजिलैसँग ३ खाले माेजिताे
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

प्रतिक्रिया