शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

दलको विकल्प दल नै हो, एउटा असफल भए अर्को आउने वातावरण बनाउनुपर्छ : कमल थापा

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दलको विकल्प दल नै भएको बताएका छन् । प्रजातन्त्र/लोकतन्त्रमा दलहरूले सिर्जना गरेको संकट र फोहर दलहरूले नै समाधान गर्नुपर्ने उनको भनाइ छ । 

'प्रजातन्त्र/लोकतन्त्रमा दलहरूले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरूले नै गर्नुपर्छ, सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'एउटा दल असफल भए अर्को दल आउँछ, आउने वातावरण बनाउनु पर्छ। दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ। जनताको निर्णयाकत्व बलियो बनाउनु पर्छ। संरचनामा सुधार गर्नुपर्छ। प्रजातन्त्रको विकल्प छैन।'