सरकारले गम्भीर प्रकृतिका संक्रमितको उपचार गर्न १७ अस्पताल तोक्यो
संक्रमितको निःशुल्क उपचार

काठमाडौँ- पछिल्लो समय मुलुकमा दिनप्रतिदिन कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या बढिरहँदा सरकारले यसअघि कै उपचार केन्द्रलाई पुन: उपचार केन्द्र तोकेको हो । सातै प्रदेशका मुख्य-मुख्य अस्पतालमा उपचार गर्न सरकारले निर्णय गरेको हो । गम्भीर र मध्यम अवस्थाका संक्रमितको उपचार गर्न अस्पताल तोकेको छ ।
तोकिएको अस्पताल उपचार गर्दा संक्रमितले शूल्क तिर्नु नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपचार वापत संक्रमितको अवस्थाका आधारमा अनुदान दिने मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को कोशी अस्पताल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान । मधेश प्रदेशको जनकपुरको प्रादेशिक अस्पताल र नारायणी अस्पताल विरगञ्ज । बागमती प्रदेशको शुक्रराज ट्रपिकल, त्रीवी शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको भरतपुर अस्पताललाई तोकेको छ ।
गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल बागलुङ । लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर । डडेलधुरा अस्पताल डडेलधुरा र सेती प्रादेशिक अस्पताल कैलालीमा कोभिड संक्रमितको उपचार गर्न सरकारले व्यवस्था गरेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया