सन्तानेश्वर वन क्षेत्रमा श्रीखण्ड रोपण

ललितपुर - गोदावरी नगरपालिका–१३ स्थित सन्तानेश्वर महादेव मन्दिर वनक्षेत्रमा आज श्रीखण्ड रोपण गरिएको छ । शिवजीलाई सबैभन्दा बढी मनपर्ने वस्तुमा श्रीखण्ड पनि रहेकाले सो वृक्षरोपण गरी प्राकृतिक संरक्षणमा समेत जोड दिइएको हो ।
बिहान नगरपालिकाका जनप्रतिनिधिका साथै विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिको उपस्थितीमा ५४ श्रीखण्डका वृक्ष रोपिएको सन्तानेश्वर मन्दिर संरक्षण तथा संवद्र्धन सेवा समितिका अध्यक्ष विनोद खड्काले बताए ।
उनले भने, “यस मन्दिर हाताभित्रको १५० रोपनी जमिनमा हरेक वर्ष तेस्रो साउनको सोमबार फलफूल एवं औषधिजन्य बिरुवा वृक्षरोपण गर्ने चलन रहँदा त्यस कामलाई पूर्णता दिएका छौँ ।”
आफूहरुले सो अघि ३५ जातका रुद्राक्ष, पारिजात, अमलाका साथै विभिन्न फूलका बिरुवा रोपेर मन्दिरको वातावरण स्वच्छ तथा हराभरा बनाइरहेको खड्काले बताए । स्थानी वर्तकथामा आधारित धार्मिक मान्यता बोकेको सो शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो पनि लागिरहेको मन्दिरका पुजारी गङ्गाराम गौतमले बताए ।
विवाह गरी लामो समयसम्म सन्तान सुख प्राप्त नगरेका साथै भएकाले रक्षाका लागि सतीदेवीको उपल्लो औँठ पतन भएर उत्पत्ति भएको सो महादेवको मूर्ति प्राकृतिक रहेकाले ज्योतिर्लिङ्ग शिवका रुपमा समेत पुज्ने गरिएको गौतमको भनाइ छ ।

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिक्रिया