बर्दिवासमा आगलागीबाट करोडको क्षति

महोत्तरी- महोत्तरीको बर्दिवास नगरपालिका-१ को मुख्य चोकमै आज आगलागी भएको छ । व्यापारिक प्रतिष्ठान रहेको तीन तले भवनको माथिल्लो तलामा आगो सल्केको हो । विद्युत् चुहिएर (सर्ट भएर) आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
मोहम्मद फारुकको सो भवनको दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा रहको छ । तलको तलामा अन्य व्यापारिक प्रतिष्ठान छन् । यद्यपि आगोले माथिल्लो तलाको जिमखानामा मात्र क्षति पुर्याएको छ । अभिषेक झाले सञ्चालन गरेका जिमखानाका सबै सामग्री जलेर खरानी भएका छन् । जिमखाना सञ्चालकलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (प्रनाउ) रवि रावलले आगलागीबाट करिब एक करोडको क्षति भएको जानकारी दिए ।
माथिल्लो तलामा धुँवा देखिएपछि ओरपरका व्यापारी र बजारु कामले चोक पुगेका सर्वसाधारणले आगो निभाउने प्रयत्न थालेका थिए । लगत्तै प्रहरी र दमकल पनि पुगेपछि एक घण्टाको निरन्तर प्रयत्नले आगो पूरै नियन्त्रण गरिएको प्रनाउ रावलले बताए ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया