सिंगटी हाइड्रोको आइपीओ बाँडफाँट
काठमाडौँ : सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण (आइपीओ) बाँडफाँट भएको छ । शुक्रबार बिक्री प्रबन्धक मेगा क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुलाएको थियो । १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ । १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामार्फत सेयर बाँडफाँट भएको छ ।
दुई लाख ६९ हजार ७०० लगानीकर्ताले मात्र १० कित्ताका दरले सेयर पाए । आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८३० आवेदक हात खाली भएका छन् ।२९ लाख कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको मध्ये दुई प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र पाँच प्रतिशत अर्थात् एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट २२ करोड रुपैयाँ हुने प्रक्षेपण छ ।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया