देशको आमूल परिर्वतन माओवादीले गरेको हो : मुख्यमन्त्री भट्ट

कैलाली - सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको आमूल परिवर्तन माओवादी पार्टीले गरेको बताएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले आज जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान कार्यक्रममा उनले माओवादीका कारण देशमा आमूल परिवर्तन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताए ।
मुख्यमन्त्री भट्टले जनयुद्धको बलमा बनेको संविधानले स्थानीय सरकारलाई कानुन बनाउनेदेखि न्यायिक अधिकार दिएको दाबी गरे । उनले आफू मुख्यमन्त्री भएपछि डोटीका लागि थुप्रै विकास गरेको र बाँकी रहेका अधुरा विकासका काम पनि पूरा गर्ने प्रतिबद्धता जनाए ।
उनले माओवादीका नेता कार्यकर्ता सहरमुखी नभएर गाउँमुखी हुनुपर्नेसमेत बताए । उनले भने, `माओवादीका नेताहरु सहरमा होइन अब गाउँमा जनता माँझ जानुपर्छ, आफ्ना योजना, कामका बारेमा जनताका माझमा लैजानुस्, गाउँ जान डराउनुपर्ने कुनै कारण छैन ।` रासस

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया