मुख्यमन्त्री राईलाई कोभिड संक्रमण

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । परीक्षणबाट मुख्यमन्त्री राईसहित उनकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।
सोमबार मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्य, निवासका सुरक्षाकर्मी र कर्मचारीहरू गरी १६ जनाको पीसीआर परीक्षण भएको थियो ।
मुख्यमन्त्री राई पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त थिए । मुख्यमन्त्री राईले बेलुका ज्वरो आएपछि निवासमै आफूसहित १३ जनाको स्वाव संकलन गराएका थिए ।
मुख्यमन्त्री राईसँग दैनिक रुपमा नजिक रहेका थप ३ जनाले प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गराएका थिए । मुख्यमन्त्री राईसहित संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
कोभिड पुष्टि भएका कारण मुख्यमन्त्रीसँगको सबै प्रकारको भेटघाट स्थगित गरिएको उनले जानकारी दिए ।

क- कसले सजिवन झुक्किएर खानुहुन्न ?

लामखुट्टेले हैरान गर्यो ? यी चार घरेलु तरिकाले भगाउनुहोस्

नेपाललाई क्षयरोग मुक्त बनाउनुपर्छ : मन्त्री पौडेल

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

अत्यधिक गर्मीले हुनसक्छ लु , कसरी बच्ने ?

अब घरमा यसरी बनाउनुहोस गर्मी हटाउन सजिलैसँग ३ खाले माेजिताे
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

प्रतिक्रिया