झमक घिमिरेको जीवनीमा बनेको ‘जीवन काँडा कि फूल’ दुई वर्षपछि भारतमा

काठमाडौँ- नेपालमा सार्वजनिक प्रदर्शनमा आइसकेको फिल्म ‘जीवन काँडा कि फूल’ले नेपाल रिलिजको दुई वर्षपछि भारत प्रदर्शन सुरु गर्ने भएको छ । सार्वजनिक प्रदर्शन पश्चात विभिन्न संघ संस्था तथा विधालयहरूमा हालसम्म पनि निरन्तर च्यारेटी प्रदर्शनीलाई निरन्तरता दिइएको ऐतिहासिक कथामा आधारित फिल्म अब भारतको विभिन्न स्थानमा रहेका नेपाली माझ प्रदर्शन हुने भएको हो ।
फिल्मकी कार्यकारी निर्मात्री जुनु गौतमले आगामी सेप्टेम्बर २ तारिखबाट भारतका विभिन्न स्थानहरूमा फिल्म एकसाथ प्रदर्शन कन्फर्म भएको बताइन् । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृतिमाथी बनेको फिल्म सेप्टेम्बर २ तारिखबाट सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुन लागेको जानकारी दिइन् ।
झमकको कृति पढिसकेका र ट्रेलर रिलिजसँगै नेपाल प्रदर्शनको समयबाट प्रतीक्षा गरिरहेका भारतमा रहेका नेपाली मूलका दर्शकमाझ फिल्मको माग भए अनुसार प्रदर्शनी तय भएको फिल्मका निर्देशक विनोद विष्टले बताए । भारतमा रहेका नेपालीमाझ फिल्म लोकप्रिय बन्ने विश्वास निर्माता समेत रहेका निर्देशक विष्टले लिएका छन् ।
विश्वव्यापी रूपमा कोरोना महामारी फैलिए पश्चात यो फिल्मको भारत प्रदर्शन रोकिएको थियो । फिल्ममा झमक सानो छँदाको भुमिकामा सिलिगुढीकी अवस्था थापा र झमकको किशोरावस्था पूर्वको भूमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन् ।
त्यस्तै सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारहरूको अभिनय समावेश छ । झमक घिमिरेको कथा कृति बोलेको फिल्ममा मुक्ति उपाध्याय बरालको पटकथा र झमक र मुक्तिको संवादमा सहकार्य रहँदा शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका कार्यकारी निर्मातामा गौतमसँगै बद्री चौहान र उमेश सुवेदी छन् ।
फिल्ममा समावेश गीतहरूमा शब्द संगीत प्रकाश शिवाकोटीको छ भने एक गीतमा झमक स्वयमंले शब्द लेखेकी छिन् । समावेश गीतहरूमा स्वर जुनु गौतम, सरिता गजमेर र मीना निरौंलाले दिएका छन् । गीतका भिडियोहरूमा कोरियोग्राफी कमल राईको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया