माओवादी केन्द्रका सांसद राजवंशीले मागे ‘कोचिला प्रदेश’

विराटनगर । प्रदेश नामाकरणको बिषयमा सडक र संसदमा बहस चलिराख्दा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य पूर्ण प्रसाद राजवंशीले प्रदेश १ को नाम कोचिला प्रदेश राख्नुपर्ने बताएका छन् ।
उनले इतिहासदेखि नै झापा, मोरङ र सुनसरीमा कोच समुदायको बसोबास रहँदै आएको र कोच समुदायको योगदान पनि रहेको भन्दै प्रदेशको नामाकरण गर्दा कोचलाई भुल्न नहुने तर्क राखे । प्रदेशसभाको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य राजवंशीले नामाकरणमा पहिचानको मुद्दा उठिरहेको बेलामा कोचिलाको पनि पहिचान छ भन्ने कुरा नबिर्सिन आग्रह गरे ।
‘इतिहासको कालखण्डमा झापा, मोरङ, सुनसरीमा अन्य कुनै जाती समुदायले औंलो ठड्याउँदा पनि औलो चुडिएर जान्थ्यो, कोचहरुको सम्बन्ध महामारी (औलो) सँग जोडिएको छ, कोच त्यो समुदाय हो’ उनले भने, ‘कोचको आफ्नै पहिचान छ, भाषा छ र संस्कार संस्कृति छ ।’ उनले कोचिला राज्य प्राप्त गर्न कोच समुदायको धेरै व्यक्तिहरुले साहदत प्राप्त गरेको र केही अझैपनि बेपत्ता रहेको बताए ।
उनले आफू पनि कोच समुदायकै प्रतिनिधित्व गरेर प्रदेशसभामा निर्वाचित भएको बताए । ‘तीन लाख हाराहारीको कोच समुदायको आवाज बुलन्द गरेको छु, कोचिला नामाकरण भएन भने चेतावनी स्वरुप विद्रोहको शंखघोष गर्ने भनेर चेतावनी दिएर मलाई पठाएका छन्’ उनले भने, ‘म त्यहि कुरा सदनमा राखिरहेको छु ।’ उनले अरु राजनीतिक दलले पनि प्रदेशको नाम कोचिला प्रदेश राख्नका लागि बोलि दिनुपर्ने बताए ।
‘अरु दलले बोल्दा अप्ठेरो मान्छन्, कोच समुदायको अरु दलहरुमा सहयोग, भूमिका छैन ?’ उनले भने, ‘कोचिलाको पहिचान छ, त्यसलाई स्थापित गर्नुपर्छ भन्ने मान्यता किन बोकेको छैन ?, नामाकरणको बिषय चलिराख्दा खेरी कोचिला नाम पनि समेटियोस् ।’ माओवादी केन्द्रकै सांसद उमिता विश्वकर्माले प्रदेश सभालाई प्रदेशको नाम टुंग्याउनु पर्ने जिम्मेवारी आएकोले ऐतिहाँसिकता र पहिचानको आधारमा नामाकरण गर्नुपर्ने धारणा राखिन् ।
प्रदेश १ मा नामाकरणको बहस चलिरहँदा माओवादी केन्द्रले पहिचानसहितको नामाकरणको पक्षमा रहँदै आएको छ ।

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया