`सरकार किसानलाई मल पाउने आश्वासन मात्रै दिन्छ, मल चाँहि कहिले दिन्छ ?`

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई जतिसक्दो चाँडो मल उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका डा डिला सङग्रौलाले भनिन्, `अहिलेसम्म पनि किसानले मल पाउन सकेका छैनन्, कतिपय ठाउँमा कालोबजारी छ, सरकारले मल पाउने आश्वासन मात्रै दिँदै आएको छ, किसानले भोग्नु परेको समस्या समाधानको लागि ध्यानकर्षण गराउन चाहन्छु ।`
भारतसँगको जिटुजी सम्झौताको प्रक्रियाको अन्योलका नाममा हालसम्म मल आपूर्ति नभएकामा उनले चिन्ता व्यक्त गरिन् । सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार सम्झौता भएको ३० दिनपछि मात्रै आपूर्ति सुरु गर्ने व्यवस्था भएकाले यसलाई परिवर्तन गरेर अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार आठ दिनमा आपूर्ति सुरु गर्ने व्यवस्था गरेमा समयमा मल ल्याउन सकिने सरकारी अधिकारीको भनाइ छ ।
सांसद संग्रौलाले प्रश्न गरिन्, `यदि त्यसो हो भने संसद् चलिरहेको छ, सार्वजनिक खरिद ऐन संशोधन गर्न के ले रोकेको छ ? के नयाँ चुनाव भएपछि मात्रै संशोधन गर्ने हो ? कि, अरु कुनै कारण छ, जवाफ चाहियो । मलको अभावमा देशभित्रै प्राङ्गारिक मल उत्पादन गर्ने हाम्रो योजना खोइ ? रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्ने हो भने त्यसको योजना खै ?`
गतवर्ष सप्तरीका किसानले रासायनिक मलका लागि आन्दोलन गरेका थिए । गत असारमा धादिङका किसानले दुई ट्रक रासायनिक मल सडकमै खोसेका थिए । गत साता मात्रै सरकारले भारत सरकारसँग पाँच वर्षका लागि करिब नौ लाख मेट्रिकटन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको थियो ।
रासस

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

प्रतिक्रिया