चिनी उद्योग बन्द हुनथालेपछि उत्पादन घट्यो
६५ हजार ३१९ टन चिनी उत्पादन, ८४ लाख ८६ हजार क्विन्टल उखु क्रसिङ

काठमाडौँ : यो वर्ष चिनीको उत्पादन घटेको छ । चिनी उद्योगहरू बन्द हुन थालेपछि उत्पादनमा कमी आएको हो । गत वर्ष क्रसिङ सिजनमा करिब १ लाख २० हजार टन चिनी उत्पादन भएको थियो । तर, यसपाली गत वर्षको झन्डै आधा मात्रै परिमाणमा चिनी उत्पादन भएको छ ।
चिनी उद्योगहरूले मन्त्रालयलाई पठाएको तथ्यांकअनुसार यसपाली ६५ हजार ३१९ टन मात्रै चिनी उत्पादन भएको छ । यो गत फागुनसम्म संकलन गरिएको तथ्यांक हो । घाटामा गएको भन्दै पाँचवटा चिनी उद्योगहरू बन्द भएका छन् । ८४ लाख ८६ हजार १५४ क्विन्टल उखु क्रसिङ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
उखु किसानले समयमा भुक्तानी नपाउने समस्याले यस वर्ष धेरै किसानले उखु रोप्ने जमीनमा धान, गहुँखेती गरेकाले उखु उत्पादनमा नकारात्मक असर परेको बताइएको छ ।उखु उत्पादनको चक्रअनुसार हरेक ३ वर्षको अन्तरालमा उत्पादन घट्ने गरेको बताइन्छ । अहिले उखु किसानले समयमा भुक्तानी नपाउने, तस्करीको चिनी भित्रिनेलगायत समस्याले आन्तरिक उत्पादन प्रभावित भएको बताइएको छ ।
चिनीको उत्पादन घटिरहेको अवस्थामा आयातमा भने उल्लेख्य मात्रामा वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा १३ करोड १८ लाख टन चिनी आयात भएको छ । झन्डै ६ अर्ब ४७ करोड ७५ लाख ९६ हजार रुपैयाँ बराबर रकम बाहिरिएको हो ।
श्रीराम सुगर मिल्स, लुम्बिनी चिनी उद्योग, अन्नपूर्णा सुगर एन्ड के. र इन्दिरा सुगर अहिले बन्द छन् । महाकाली सुगर मिल्स, भागेश्वर सुगर एन्ड के. र बाबा बैजुनाथ सुगर एन्ड के ले हालसम्म विवरण नपठाएको मन्त्रालयले जानकारी दिएको छ ।

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया