विद्यार्थीमा ज्वरो बढेपछि राप्ती गाउँपालिकाका विद्यालय बन्द

दाङ - विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय आजदेखि सात दिनका लागि बन्द गरिएका छन् । गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए।
उनका अनुसार गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थालेकाले विद्यालय एक सातासम्म बन्द गर्ने निर्णय गरिएको हो ।
राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरे पछि आजबाट कार्यान्वयनमा आएको हो ।
कोरोना संक्रमण पनि बढिरहेको हुँदा भाइरल ज्वरो बढेपछि जोखिम कम नभएसम्म एक साताका लागि विद्यालय बन्द गर्नु परेको विकको भनाइ छ।

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रतिक्रिया