गरिमा विकास बैंकले ल्यायो गरिमा डिजी बटुवा सेवा

काठमाडौं– गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाईल बैंकिङ्ग एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्वजनिक गरेको छ । ग्राहकहरुका लागि सबै माध्यमबाट पहुँच हुने गरी बैंकले यो संस्करण ल्याएको हो ।
डिजी बटुवाले ग्राहकहरुलाई आफ्नो मोबाईल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिनेछ । यसले विभिन्न उपकरणहरुबीच निर्वाध रुपमा कारोबार गर्नका लागि पूर्ण डिजिटल बैंकिङ्गको अनुभव दिलाउने बैंकले जनाएको छ ।
‘गरिमा विकास बैंकले हाम्रा ग्राहकहरुलाई सम्भव भएसम्म उत्कृष्ट अनुभव प्रदान गर्ने कुरा सुनिश्चित गर्न गरिमा विकास बैंकको पछिल्लो प्रयास डिजी बटुवा हो । पछिल्लो समय डिजीटल बैंकिङ्ग एक अपरिहार्य विशेषता बनेको छ’ प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले भने । डिजिटल बैंकिङ्ग अनुप्रयोगको नविन संस्करण नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफट्ले विकास गरेको हो ।
यसले ग्राहकहरुलाई उनीहरुको फोनबाट बैंकिङ्ग सेवाहरुको प्रयोगका लागि समान प्रणाली प्रयोग गर्न अनुमति दिनेछ ।सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु गर्न यो सेवाबाट सहज हुने बैंकको दावी छ । यहाँबाट विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको विल, टाफिक चिट, मोबाईल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्टको सजिलै प्रयोग गर्न सकिनेछ ।
गरिमा विकास बैंक नेपाल राष्ट्रबैंकबाट इजाजतपत्र प्राप्त विकास बैंंक हो । २०६४ सालमा स्थापना भएको गरिमा विकास बैंकले देशभर १२० शाखा, १ एक्स्टेन्सन काउन्टर र ५० वटा एटिएम मार्फत ग्राहकहरुको सेवा गरिरहेको छ । ‘सबैमा पहुँच’ को मुल दृष्टिकोण राखेको बैक नेपालको एक अग्रणी विकास बैंक हो ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_HFHjRI6X71_8owebn6spp262ytqgi4cwtou3bfiyiqiwacaye9h3vqjcln5hnt4tfsw4fhz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया