‘तेजाब’ रिमेकमा कार्तिक आर्यन र श्रद्धाको जोडी

मुम्बई- बलिउडमा रिमेक लहर धुमधामसँग चलेको छ । कोही दक्षिण भारतीय फिल्म रिमेक गर्ने लहरमा छन् कोही क्लासिक । अनिल कपुर र माधुरी दीक्षितको सुपरहिट फिल्म ‘तेजाब’ रिमेक हुने क्रममा रहेको छ ।
निर्माता मुराद खेतानीले यो फिल्मको रिमेक अधिकार लिएका छन् र यसका लागि उनले कार्तिक आर्यन र श्रद्धा कपुरको जोडी लिने बारे सोचिरहेका छन् । फिल्म गर्नलाई कार्तिक इच्छुक भए पनि श्रद्धाले भने जवाफ दिइनसकेको इन्डिया टुडेले स्रोतलाई उद्धृत गर्दै समाचार लेखेको छ ।
नयाँ शैलीमा बनाइने फिल्मका लागि निर्माता नयाँ जोडी राख्ने सोचमा श्रद्धा र आर्यनलाई खेलाउन लागिपरेको समाचारमा उल्लेख छ । कार्तिक र श्रद्धाले अहिलेसम्म सँगै फिल्म गरेका छैनन् । दुवैको जोडी रोचक देखिने अपेक्षामा निर्माताले कार्तिकलाई मनाइसकेका छन् श्रद्धालाई प्रस्ताव गइसकेको छ ।
श्रद्धा पनि माधुरीले जीवन्त बनाएको भूमिका गर्न इच्छुक भए पनि गर्ने कि नगर्ने निर्णयमा पुगिसकेकी छैनन् । एन चन्द्राको निर्देशन रहेको फिल्म उसबेलाको ब्लकबस्टर फिल्म थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया