म्युजिक भिडियोको भ्युज मलिकालाई फिल्ममा काम लाग्यो त ?

काठमाडौँ - मलिका महत म्युजिक भिडियोमा महंगी मोडल हुन् । उनलाई भिडियो खेलाउन म्युजिक भिडियोका निर्माता÷निर्देशकले राम्रै रकम तिर्ने गरेका छन् । एक समय त यस्तो थियो, पल शाह र मलिका महत खेलेका भिडियो करोड क्लबमा सजिलै छिर्थे ।
भिडियोको क्रेज देखेर पल र मलिकालाई लिएर फिल्म बनाउने सपना देख्ने पनि कम थिएनन् । तर यसका लागि बाधक थियो कोभिड १९ को महामारी । महामारी चल्दा चल्दै नाबालिग बलात्कार अभियोगमा पल शाह पुर्पक्षका लागि जेल चलान भएपछि, धेरैको सपना तुहियो ।
तर यो बीचमा मलिकाले अभिनय गरेको दोस्रो फिल्म ‘पानीफोटो’ हलमा लाग्न बाँकी नै थियो । ‘यात्रा’बाट अभियन यात्रा सुरु गरेकी मलिकालाई यो फिल्मले अभिनय यात्रालाई उचाइ दिने विश्वास थियो । निर्माण समूहलाई पनि विश्वास थियो, मलिकालाई म्युजिक भिडियोमा हेर्न हत्ते गर्नेहरू कम्तीमा एक चौथाइ नै सही हलमा पनि हेर्न आउनेछन् ।
तर ‘पानीफोटो’को ओपनिङले देखायो, म्युजिक भिडियोका दर्शक फिल्मका पनि दर्शक हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । मलिकाको म्युजिक भिडियोमा ‘म मलिकाको फ्यान’ भन्दै कमेन्ट गर्ने दर्शक हलमा उनको फिल्म लाग्दा भने देखिएनन् । फलतः फिल्मले न राम्रो सुरुवात पायो न अन्त्य । यसले मलिकालाई दोस्रो गाँसमा पनि ढुंगा लागेको छ । न पहिलो फिल्म चल्यो न दोस्रो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया