मंगलम पाइप्स्ले गरायो डिलरहरूलाई फ्याक्ट्री भ्रमण

काठमाडौंँ - नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौंँ स्थित डिलरहरूले गत श्रावण १३ गते शुक्रवार रुपन्देहीको धकादाइ स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै गरी असार १८ गते पोखरा र चितवनका डिलरहरूले पनि फ्याक्ट्री अवलोकन गरेका थिए।
उद्योगमा भएका अत्याधुनिक उपकरणहरू र उत्पादन प्रकृयाको बारेमा प्रत्यक्ष अनुभव दिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलम पाइप्सले जनाएको छ । उक्त अवलोकन भ्रमणमा मंगलम पाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्य लगायत उपस्थित डिलरहरूको सहभागिता रहेको थियो । उक्त अवलोकन भ्रमण लुम्बिनीको पवन प्यालेसमा एक अन्तरक्रियात्मक कार्यक्रमको साथ समापन गरिएको थियो।
अवलोकनको बारेमा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने , “यो अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौँ। हाम्रा उपभोक्ताहरूको आवश्यकता र रोजाइ बुझ्ने पहिलो माध्यम नै हाम्रा डिलरहरू हुन्। आफ्नो महत्त्वपूर्ण समय निकालेर अवलोकन गर्न आइदिनु भएकोमा उहाँँहरूलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ । उहाँँहरूको सक्रिय सहभागिताले हामीलाई भविष्यमा पनि यस्तो अवलोकन कार्यक्रम आयोजना गर्न हौसला मिलेको छ र पक्कै पनि हामी यस्ता कार्यक्रमहरू आयोजना गर्दै जानेछौँ।"

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_OZdVhes5UJ_klohapahpjwlsnmh5zrvsgoer6t2rgnmztkwvllxglxczpxqgamsocidzxow.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया