व्यापारीले भाडा नतिरेपछि ३५ दिनभित्र सटर खाली गर्न पोखरा महानगरको सूचना

पोखरा - पोखरा महानगरपालिकाले महेन्द्रपुल, राष्ट्र बैंकचोक, मालपोत कार्यालयअगाडि लगायत विभिन्न ठाउँमा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ । तर लामो समयदेखि व्यवसायीले भने भाडा बापतको रकम तिरेका छैनन् । महानगरले व्यवसायीसँग भाडा लिन सकेको छैन ।
महालेखा परीक्षकले हरेक वर्ष उक्त भाडा असुल्न निर्देशन दिन्छ । तर महानगरले व्यवसायीबाट भाडा उठाउन सकेको छैन । यसैबीच भाडा नतिरेका व्यवसायीलाई सटर खाली गर्न महानगरले उर्दी जारी गरेको छ ।
एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्र सटर खाली गर्न निर्देशन दिएको हो ।
महानगरको स्वामित्वमा रहेका महेन्द्रपुल नजिकका सटरमा व्यवसाय सन्चालन गर्दै आएकाहरूले विगतमा गरेका सम्झौताको म्याद थप नगरेको जनाएको छ ।
‘व्यवसायीहरु सम्पर्कमा आएका छैनन् । पटक पटक ताकेता गर्दा बहाल बक्यौता भुक्तानी नदिएकोले सटर खाली गर्न सूचना निकालिएको छ । ३५ दिनभित्र आफैं सटर कवलबाट व्यवसाय हटाउनु होला । आफै नहटाएमा कानुन बमोजिम कार्यान्वयन हुने व्यहोरा सूचित गरिन्छ’ सूचनामा भनिएको छ ।

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

प्रतिक्रिया