‘त्रिदेव’को रिमेकमा सलमान खान

मुम्बई - कुनै समयको हिट फिल्म ‘त्रिदेव’को पनि रिमेक बन्ने भएको छ । यसका निर्माता तथा निर्देशक राजीव रायले फिल्मको रिमेकका लागि सलमान खानलाई मनाएको खबर छ ।
सन् १९८९मा रिलिज भएर निकै हिट भएको यो फिल्ममा सन्नी देओल, ज्याकी श्राफ र नसिरुद्दिन शाह मुख्य भूमिकामा थिए । फिल्ममा सोनम र माधुरी हिरोइनको रुपमा थिए ।
रिमेकको निर्देशन राजीव राय स्वयंले गर्ने छैनन् । नयाँ निर्देशक लिने र फिल्मलाई नयाँ शैलीमा निर्माण गर्ने सलमान र रायबीच सहमति भएको समाचारमा उल्लेख छ ।
सलमानले भर्खरै ‘भाइजान’को सुटिङ सकाएका छन् भने ‘टाइगर ३’ उनको रिलिजका लागि तयार फिल्म हो । सलमानले ‘नो इन्ट्री’को सिक्वेलका लागि पनि समय दिएको समाचारमा उल्लेख छ । अनिस बज्मीको निर्देशन रहने फिल्ममा अनिल कपुर र फरदिन खान पनि रहनेछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया