इसेवाले सुरु गर्यो होटलमा पनि सेवा
अबदेखि अनलाइनबाटैै होटल बुक गर्न सकिने

काठमाडौं– भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिने उसले जनाएको छ ।
इसेवाले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार ग्राहकहरुले इसेवा एप मार्फत नेपालका कुनै पनि क्षेत्रका होटल बुक गर्न सक्नेछन् । इसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ ।
इसेवाले अनलाइन मार्फत होटल बुक गर्ने भएमा इसेवामा सम्पर्क गर्न समेत आग्रह गरेको छ । इसेवामा भएका होटलहरुको सूची इसेवा होटल डटकममा गएर हेर्न सकिनेछ । इसेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । हाल यो सेवा एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भए पनि केही दिनमा आइओएसमा समेत उपलब्ध हुने इसेवाले जनाएको छ ।
इसेवाका होटल विभाग प्रमुख अनुज विष्टले विविध सेवाहरुलाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार होटलको सेवा सुरुवात गरेको बताए ।
‘यसबाट ग्राहक र होटललाई सेवा मिल्नेछ भन्ने विश्वास लिएका छौँ,’ विष्टले भने, ‘साथै कोभिड पछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केही हदसम्म टेवा पुर्याउँछ भन्ने विश्वास लिएका छौँ । भविष्यमा अन्तराष्ट्रिय होटलसँग पनि सहकार्य गरी अन्तराष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरुलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउनेछौँ ।’
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरी ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_OZdVhes5UJ_klohapahpjwlsnmh5zrvsgoer6t2rgnmztkwvllxglxczpxqgamsocidzxow.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया