नेपाली संसदीय टोली र बंगलादेशकी प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं - नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गरेको छ । भेटवार्ता बंगलादेशको राजधानी ढाकास्थित हसिनाको कार्यालयमा भएको थियो ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा ८ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल अहिले बंगलादेश भ्रमणमा रहेको छ ।
भेटवार्तामा द्विपक्षीय र आर्थिक सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको थियो ।
सभापति खरेलले बंगलादेशकी प्रधानमन्त्रीसँगको भेटमा दुई देशबीच संसदीय कार्यक्रमको आदानप्रदान अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिएको ढाकास्थित नेपाली दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले जलविद्युत, व्यापार र पर्यटन क्षेत्रमा स्थापित संयन्त्रमार्फत सहकार्यलाई तीव्रता दिएमा दुवै देशलाई फाइदा पुग्ने बताएकी थिइन् ।
बंगलादेशकी प्रधानमन्त्री हसिनाले भेटमा सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्राममा नेपाली नेताहरुको योगदान र सहयोगको स्मरण गरेकी थिइन् । नेपाल र बंगलादेशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ रहेकोमा उनले सन्तोष व्यक्त गरेकी थिइन् ।
बिहीबार बंगलादेशको विदेश मामिलासम्बन्धी संसदीय समितिसँग नेपालको संसदीय प्रतिनिधिमण्डलले अन्तरक्रिया गरेको थियो । दुवै देशका संसदमा मित्रता समूहको स्थापनालगायत संसदीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा अन्तरक्रिया केन्द्रित थियो

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया