माधव नेपाल भन्छन् : राजनीति गर्न सजिलो छैन
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् ।
शुक्रबार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको उल्लेख गरे ।
अध्यक्ष नेपालले अझै पनि राजनीति सजिलो रुपमा गर्न सम्भव नभएको जिकिर गरे । उनले राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने बताए । अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचरण अनुरुपमा राजनीतिक उद्देश्य राख्नुपर्ने बताए ।
पुराना योद्धाहरूबाट प्रेरणा लिन,सम्मान गर्न र उनीहरुको योगदानको प्रशंसा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने अध्यक्ष नेपालकाे भनाइ छ । उनले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया