हेटौंडामा कोरा साइकल र्याली हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडा राइडर्स क्लबको आयोजनामा भोलि कोरा साइकल र्यालीको तयारी पूरा भएको छ । आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै हेटौंडा कोरा साइकल र्यालीको तयारी पूरा भएको जानकारी दिएको छ ।
क्लब अध्यक्ष विकास ताम्राकारका अनुसार साइकल र्यालीमा करिब दुई सयजना सहभागी हुनेछन् । विहान ७ बजे हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरबाट सुरु हुने साइकल र्यालीले करिब ५० किलोमिटरको यात्रा पूरा गर्नेछन् ।
हेटौंडाको भुटनदेवी मन्दिर परिसरबाट सुरु भई फरेष्ट्री, हुप्रचौर, पारिजात पथ हुँदै कान्तिराज पथ, बुद्ध चोकबाट चौकी टोलहुँदै वन कार्यालय, मनकामना चोक, पिप्ले, फुर्केचौर, गुम्बाडाँडा हुँदै हेटौंडा औद्योगिक क्षेत्र र पुनः कर्रा हुँदै बुद्ध चोकमा पुगेर कार्यक्रम समापन हुने जनाइएको छ । कार्यक्रममा चितवन, बारा, पर्सा जिल्लाका साइकल राइडरहरु गरी करिब २ सय जना सहभागी रहनेछन् ।
कार्यक्रम सञ्चालनका लागि ३ लाख ७० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । उनीहरुले हेटौंडा क्षेत्रका विभिन्न मठमन्दिर तथा पर्यकीय स्थलको परिक्रमा गर्नेछन् । भुटनदेवी मन्दिरबाट हर्नामाडीस्थित गुम्बाडाँडा पुगेर हटियाहुँदै हेटौंडा मुख्यबजारस्थित बुद्धचोकमा आएर साइकल र्याली टुंगिनेछ ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया