सतिघट्टामा सशस्त्र प्रहरीको विओपी

झापा : सशस्त्र प्रहरी बल नेपालले मेचीनगर-७ स्थित सतिघट्टामा बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरेको छ । खुल्ला सीमामा हुने अपराध नियन्त्रण र सीमा स्तम्भको सुरक्षा गर्ने उद्देश्यले शुक्रबार दुईतले भवनसहितको अस्थायी विओपीको स्थापना गरिएको हो ।
सतिघट्टामा रहेको ढल तथा फोहर व्यवस्थापनाको कार्यालयको स्वामित्वमा रहेको भवनमा स्थापना गरिएको विओपीको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गरेका थिए । प्रजिअ तिम्सिनाले विओपी थपिएपछि नेपाल भारत सीमाका पिलर हराउने, नेपाली भूमि मिचिने र अपराधिक घटना कम हुने अपेक्षा गरेको बताए । झापामा भारतसँगको सीमा क्षेत्रमा विओपी स्थापनाको सङ्ख्या योसँगै १८ पुगेको छ । रासस

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया