मकवानपुर-२ मा एमालेको चुनावी चर्चा : 'हेभिवेट' उम्मेदवार उठाउने कि युवालाई अवसर दिने ?
अलमलमा गठबन्धन

मकवानपुर - संघीय निर्वाचनको मिति घोषणा भएसँगै देशभर चुनावी चर्चा सुरु भएको छ । मिति घोषणासँगै सम्भावित उम्मेदवारबारे पनि बहस हुन थालेको छ । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन घोषणा गरेको छ ।
चुनावी चर्चाले मकवानपुर पनि तातेको छ । सत्तारूढ दलहरू बिचको तालमेल आगामी चुनावमा पनि रहने भएपछि नेकपा एमालेले 'हेभीवेट' उम्मेवदार छान्ने कसरत सुरु भएको छ । मकवानपुरबाटबाट प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा तीन जनाले उम्मेदवारी दिने चर्चा छ । जसमा बागमती प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेलसहित चर्चित युवा नेताहरूको नाम चर्चामा छ ।
यो क्षेत्रमा एमालेबाट पाका नेता पौडेलसहित युवा नेता महेश बर्तौला र रामेश्वर रानाको उम्मेदारी रहने उनीहरू निकट स्रोत बताउँछ । ४ प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा एमाले नेताहरू टिकट लिनका लागि दौडधुपमा लागेका छन् ।
राना नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हुन् । यसैगरी बर्तौला नेकपा एमालेका बागमती प्रदेशका उपसचिव तथा प्रचार विभागका प्रमुख हुन् ।
चुनावी तयारीको लागि अरुले पनि आकांक्षा देखाएका छन् । उम्मेदवारको लागि आफ्नै पार्टीभित्र नेताहरूबीच सहमति हुने सम्भावना रहेमात्रै पौडेल पुनःचुनावी मैदानमा आउने सम्भावा छ । युवा नेताहरूलाई अवसर दिन आफू 'ब्याक' हुने पौडेलले बताइरहेका छन् । तर जित्ने हेभिवेट भएको व्यत्तिको रूपमा उनलाई मैदानमा उत्रन पार्टी केन्द्रीय कमिटीको दबाब रहेको स्रोतको दाबी छ ।
हेटौंडालाई प्रदेशको राजधानी कायम गरेर चर्चित बनेका उनको पक्षमा जनमत राम्रो रहेको एमाले नेताहरुको भनाइ छ । त्यसैले पनि
यसैगरी एमालेका केन्द्रीय सदस्य रामेश्वर राना एमालेभित्र स्वच्छ छवि भएका पाका नेता हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्ने दौडानमा थिए । अन्नत पौडेल उम्मेदवार भएपछि उनी पछि हट्न बाध्य भएका थिए । उनलाई प्रत्यक्ष चुनावमा भिडाउने वा समानुपातिकमा सिट सुरक्षित गर्ने भन्ने विकल्प भने सुरक्षित रहेको पार्टी नेताहरूको भनाइ छ ।
यसैगरी मकवानपुर क्षेत्रनम्बर–२ मा एमालेका तर्फबाट युवा नेता महेश कुमार बर्तौलाको चर्चा छ । युवालाई समेट्नुपर्छ भन्ने दबाब पार्टीभित्र चल्न थालेपछि बर्तौलाको पनि सम्भावना बलियो बन्दै बनेको हो । विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा लागेका बर्तौला केन्द्रीय स्तरमा सजिलोसँग पहुँच राख्न सक्ने नेता हुन् ।
प्रतिनिधिसभामा पाका नेताहरूले पार्टीबाट टिकट पाए क्षेत्र नम्बर–२ को प्रदेशसभा क बाट उनले उम्मेदवारी दिने सम्भावना रहेको उनी निकटस्तहरू बताउँछन् । पार्टीले युवाहरूलाई समेट्नै पर्ने दबाब र गठवन्धनका उम्मेदवारलाई हराउनका लागि नयाँ र जोसिला अनुहार लिएर जनतामाझ जानुपर्ने एमाले कार्यकर्ताको मत छ ।
एमालेमा उम्मेदवार छान्न आन्तरिक तयारी तीब्र भइरहदा गठबन्धन दलहरू भने अलमलमै छन् । केन्द्रमा भागबण्डा टुंगो लागेपछि मात्रै उम्मेदवार छान्नेबारे छलफल हुने गठबन्धनका नेताहरू बताउँछन् ।
'एउटा पार्टीले मात्रै चाहेर हुँदैन, सबैको सहमति हुनुपर्छ,' नेकपा माओवादीका एक नेताले भने, 'पहिले कुन क्षेत्र कुन पार्टीले पाउने भन्ने निर्णय भएपछि मात्रै पार्टीले आफ्नो तर्फबाट कसलाई मैदानमा ल्याउने भन्ने तय गर्नुपर्छ । हाम्रो निर्णय हुन अलि ढिलो हुन्छ ।'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया