बाबुराम भट्टराईले भन्छन् : विचार मिल्ने राजनीतिक शक्तिहरूसँग चुनावी तालमेल हुन्छ
ललितपुर- नवगठित नेपाल समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरूसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताएका छन् ।
ललितपुरको बालकुमारीमा शनिबार (आज) सुरु भएको पार्टी केन्द्रीय समितिको प्रथम बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन् । जनताका मुद्दाहरूलाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उनले ती विषयहरुमा गम्भीर छलफल गरी पार्टीको केन्द्रीय समिति बैठकले आवश्यक निर्णय लिने उल्लेख गरे ।
नेता भट्टराईले भने, ‘निर्वाचनका निम्ति हामीले सम्भव भएसम्मका नजिकका विचार मिल्ने शक्तिहरुसँग चुनावी तालमेल, गठबन्धन आदिका निम्ति प्रयास गर्नुछ । र, जनताको मुद्दाहरूलाई, जनताका विषयवस्तुलाई चुनावको क्रममा पनि महत्वपूर्ण ढंगले उठाउने प्रयत्न गर्नुछ । यी सबै विषयहरुमा हाम्रो छलफल भएर आवश्यक निर्णय लिनेछौं ।’
नेता भट्टराईले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको वैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वास समेत व्यक्त गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया