नक्कली खाताको स्पष्ट जानकारी दिए अझै ट्वीटर किन्न सक्छु: मस्क

काठमाडौँ - विश्व धनाढ्य एलन मस्कले सामाजिक ट्वीटरको बारेमा फेरि प्रश्न उठाएका छन् । मस्कले ट्वीटरले आफ्ना नक्कली खाताका बारेमा स्पष्ट जानकारी दिएमा आफू अझै ट्वीटर किन्ने कुरामा कायम रहेको बताएका छन् । उनले एक सय खाताको नमूना संकलन गर्ने विधि उपलब्ध गराए र त्यसको यथार्थ पहिचान गरेको बताएका पुरानो सर्तअनुसार कम्पनी किन्न तयार रहेको बताएका हुन् ।
मस्कले ट्वीटरको अमेरिकी धितोपत्र बोर्डमा तथ्यांक गलत छ भने सम्झौता अगाडि बढ्नु नहुने बताएका छन् । एक ट्विटर प्रयोगकर्ताले मस्कलाई युएस एसइसीले कम्पनीको शंकास्पद दावीको अनुसन्धान गरिरहेको छ कि भनी सोधेको प्रश्नको जवाफमा उनले भने यो राम्रो प्रश्न भन्दै छानबिन किन हुदैन रु भनेर प्रश्न गरेका छन् ।
यता ट्विटरले मस्कको दावीलाई अस्वीकार गरिरहेको छ र मस्कले सम्झौता अनुसार कम्पनी किन्न पछि हटेको भन्दै कानुनी उपचारमा अगाडी बढेको छ । ट्विटरले मस्कको भनाइ अविश्वसनीय र तथ्यभन्दा बाहिर रहेको बताउँदै आएको छ ।

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य गर्न सुदृढ गरिने

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा …

चालु आर्थिक वर्षमा स्रोत नखुलेको तीन करोड ४६ लाख रूपैयाँ बरामद

ग्लोबलको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क, कसरी लि…
पैचो नेशलन सेल्स समिट सकियो , ग्रामिण उत्पादनलाई बजारिकरणमा जोड

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

आईएमई हस्पिटालिटीका होटलहरूमा एससिटी-युपिआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

प्रतिक्रिया