प्रतिनिधि सभा बैठक बस्दै, महाअभियोग प्रस्तावमा छलफल हुने

काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार आज ११ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ ।
पाँच महिनाअघि गत फागुनमा सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रधानन्यायाधीश राणविरुद्ध सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वासको प्रस्ताव दर्ता भए पनि त्यसमाथि कारबाही हुन नसक्दा यसको आलोचना भइरहेको थियो ।
प्रतिनिधि सभाको आजको बैठकमा महाभियोग प्रस्तावबारे छलफल हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा जनाइएको छ ।
'मिति २०७८ फागुन २९ गतेको बैठकमा मा श्री देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने', आजको सम्भावित कार्यसूचीमा भनिएको छ ।
महाभियोग दर्ता भएसँगै फागुन २२ गतेको प्रतिनिधि सभा बैठकले 'महाभियोग सिफारिस समिति' गठन गरेको थियो । समितिमा कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट, माओवादीबाट यसोदा सुवेदी र रेखा शर्मा छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का रहँदा जसपाबाट प्रमोद साह, लोसपाबाट एकवाल मियाँ रहका छन् भने प्रमुख प्रतिक्षी दल नेकपा एमालेबाट समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्वाहाम्फे र कृष्णभक्त पोखरेल छन् ।

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

प्रतिक्रिया