कलेज आइडिया हन्ट २०२२ सुरु

काठमाडौंँ - आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आइडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ । बिहीबार (अगस्ट ४) बागबजारस्थित काठमाडौं मोडल कलेजमा पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुलाएको घोषणा गरेको हो ।
नेपाली समाजको रुपान्तरण र व्यवसायिकताको प्रवर्द्धनमा क्रियाशील आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरिरहेका तथा नयाँ योजना र आइडियासहित शो उद्यम गर्ने सोच बनाएका विद्यार्थीहरूलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो ।
वर्तमान युग र समय सापेक्ष समस्या र अवसरहरू सम्बन्धित नवीनतम तथा दिगो समाधान सहितका आइडिया भएका विधार्थीहरूले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन् ।
उक्त कलेज आइडिया हन्टको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत अतिथि वक्ताको रूपमा उपस्थित थिए ।
यसैगरी त्रिभुवन विश्वविधालय व्यवस्थापन संकायका उपनिर्देशक डा. गंगाराम विश्वकर्मा, वल्र्ड वाईल्डलाइफ फण्ड नेपालका (डब्लु डब्लु एफ) देश प्रतिनिधि डा. घन श्याम गुरुङ, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा , कलेज आइडिया हन्ट २०१९ का बिजेता जोसेप श्रेष्ठ, आईडिया स्टुडियो सिजन ४ की आईडिएटर आङ डोल्मा शेर्पा, विद्यार्थीहरू विभिन्न विशिस्ट व्यक्तिहरू उपस्थिति रहेको थियो ।
कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरू मध्यबाट उत्कृष्ट १० योजनालाई व्यवसाय सम्वन्धि विभिन्न तालिम तथा परामर्श प्रदान गरिनेछ । उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आइडिया स्टुडियो सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । साथै इन्क्युबेसन कार्यक्रम, व्यवसायीक संजाल, रियालिटी टिभी सो र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_HFHjRI6X71_8owebn6spp262ytqgi4cwtou3bfiyiqiwacaye9h3vqjcln5hnt4tfsw4fhz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया