‘लाखे’ भदौ ३१ मा नआउने ‘बाबरी’लाई राहत

काठमाडौँ - हतारमा फिल्म रिलिज घोषणा गर्ने र अन्तिम समयमा सार्ने नेपाली फिल्म निर्माताको पुरानै बानी हो । भदौ ३१ लाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘लाखे’ यही बानीको पछिल्लो कडी बनेको छ । प्रचार प्रसारमा जुट्ने समयमा यो फिल्म प्राविधिक काम नसकिएको भन्दै भदौ ३१ मा प्रदर्शनमा नआउने भएको छ । फिल्म अब कार्तिक ११ मा आउने भएको छ ।
सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, रोहित रुम्बाआदि कलाकारको अभिनय रहेको फिल्म भदौ ३१ मा धिरज मगर र अदिती बुढाथोकी अभीनित ‘बाबरी’सँगै रिलिज हुँदै थियो । ‘लाखे’ नयाँ मितिमा आउने भएपछि ‘बाबरी’लाई भने राहत भएको छ । त्यसपछिको लगत्तैको हप्ता ‘प्रेमगीत ३’ आउने र अहिलेको हाइपको हिसाबले १ हप्तामै हल खाली गर्नुपर्ने सम्भावनाबीच ‘लाखे’ले मैदान छाड्दा ‘बाबरी’लाई पहिलो हप्ता सजिलो भएको छ ।
‘बाबरी’का टिजर र दुई गीतले फिल्मको राम्रो हाइप बनाएका छन् । दुई वर्षदेखि रिलिज रोकिएका कारण निर्मातालाई फिल्म रिलिजको मिति पाउन गाह्रो परिरहेको छ । केही दिनमै ‘दुई नम्बरी’ र ‘महापुरुष’ले पनि नयाँ प्रदर्शन मिति सार्वजनिक गर्दैछन् । ‘दुई नम्बरी’ कार्तिक ४ बाट सरेर अगाडि आउने चर्चा छ भने ‘महापुरुष’ तिहारको अघिल्लो हप्ता आउने तयारी गरिरहेको छ । यो दौडमा रहेको ‘छक्का पञ्जा ४’ भने फागुनतिर लागेको चर्चा छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया