बेलकाका कोसी पीडितलाई तत्कालै राहत दिन सांसदहरुको माग

विराटनगर । कोसीको पश्चिमी तटबन्ध फुटेर डुबानमा परेका उदयपुरको बेलका नगरपालिकाका पाँचवटा वडाका स्थानीयलाई तत्कालै राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् ।
आइतबार प्रदेशसभाको शून्य समयमा बोल्दै नेकपा एमालेका सचेतक तथा प्रदेश सांसद बिमल कार्कीले कोसीको कटानपछिको डुबानले बेलकामा मात्रै १ हजार बढी घरपरिवारका २० हजार जनसंख्या प्रभावित भएको र एक हजार बढि नागरिक विस्थापित भएको बताए ।
उनले साउन १८ गते बुधबार कोसीले तटबन्ध भत्काएर बस्ती डुबान भएपछि विस्थापित नागरिकलाई तत्कालै राहत व्यवस्था गरी आफ्नो घर फर्किने वातावरण बनाउन माग गरे । साथै कोसी नदीको बहावले निर्माण गरेका एविसी टप्पु, सिसौली, चिलिया टप्पु र श्रीलंका टप्पुमा बसोबास गर्ने मानिसहरुलाई बसोबासको सुनिश्चितता गर्दै ती टप्पुहरुलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न सरकारले पहल गर्नुपर्ने बताए ।
उदयपुरकै सांसद सुनिता चौधरीले सप्तकोसीको बाढीले बेलका नगरपालिकाको वडा नम्बर १, २, ३ ८ र ९ मा मानिसहरु विस्थापित भएको र विस्थापितहरु मध्ये गर्भवती महिलाहरुलाई तुरुन्तै उद्दारको खाँचो रहेको बताइन् । साथै विस्थापितहरुलाई राहतको व्यवस्था गर्न माग गरिन् । उनले कटान भएको क्षेत्रमा तुरुन्तै बाँध निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

भोजपुरमा विद्युत् सेवा विस्तार

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

प्रतिक्रिया