फिदिममा १९ वर्षीया सुत्केरीको मृत्यु

पाँचथर- पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ ।
फिदिम नगरपालिका-६ सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को उपचारका क्रममा गए राति फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा मृत्यु भएको हो । शुक्रबार राति उक्त अस्पतालमा भर्ना भएकी तुम्रोकले शनिबार बिहान ८ बजे बच्चा जन्माइएकी थिइन् । सामान्य स्वास्थ्य अवस्था रहेकी उनको गए राति २ः३० बजे मृत्यु भएको हो ।
शनिबार दिनभर सामान्य अवस्थामा रहेकी तुम्रोकको राति रगतको मात्रा कम देखिएको उक्त अस्पतालले जनाएको छ । उनको शरीरमा रगत चढाएपछि रक्तचाप कम भई स्वास्थ्य अवस्था जटिल भएको र सुविधासम्पन्न अस्पतालमा सिफारिस गर्न लाग्दा मृत्यु भएको अस्पतालको भनाइ छ ।
गए राति उनको मृत्यु भए पनि आज साँझसम्म शव अस्पतालमै छ । उनका आफन्तले मृत्युको कारणबारे असन्तुष्टि जनाएपछि जिल्ला प्रशासन कार्यालयमा दिनभर छलफल चलेको छ । तुम्रोक गत असार २८ गते स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल गएको तथा परीक्षणपछि चिकित्सकले बच्चा सानो भएकाले सुत्केरी गराउन सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको जिल्ला अस्पतालले जनाएको छ ।

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

भोजपुरमा विद्युत् सेवा विस्तार

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

प्रतिक्रिया