ओलीलाई कसले गर्दैछ पानी पिउन नपाउने गरी कारबाही ? बाँस्कोटाले गरे खुलासा

काठमाडौं : नेकपाका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी गरेको खुलासा गरेका छन् । मंगलबार बिहान ट्वीट गर्दै उनले उक्त विषयको खुलासा गरेका हुन् ।
'जिम्वालबाका छिमेकीले भनेको दुई साताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारवाही गर्ने तयारी छ रे,' उनले ट्वीटमा लेखेका छन्, 'भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।' कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालतिर बाँस्कोटाले संकेत गरेको नेकपाका नेताहरु बताउँछन् ।
जीम्वालबाका छिमेकीले भनेकाे दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे! भर्खरै सुनाए।पत्यार नलागे पनि प्रतिक्षा त गर्नु पराे अब।
— Gokul Prasad Baskota (@GokulPBaskota) November 10, 2020
केही समयदेखि नेकपाभित्र चरम विवाद छ । विवाद समाधानका लागि ओलीलाई नेकपाका नौ सदस्यीमध्य पाँच जना सदस्यले बैठक राख्न दुई दिनको म्यादसहित लिखित पत्र दिएका थिए । दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले दिएको उक्त म्याद पनि सकिएको छ । नेकपाका एक नेताका अनुसार सोही समयमा ओलीले बैठक नराखे आफुहरुले बैठक राख्ने चेतावनी दिएका थिए ।
दाहाल-नेपाल समूहले दबाब दिएपछि ओलीले आइतबार विष्णु पौडेल, डा. भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र घुजी पन्तलाई बालुवाटार बोलाएर छलफल गर्न खोजेका थिए । तर पूर्वमाओवादी समूह भने गएनन् ।
शनिबार पाँच सदस्यले बैठक बोलाउन लिखित पत्र नै ओलीलाई बुझाएपछि आइतबार माधवकुमार नेपाललाई बालुवाटारमा बोलाई छलफल गरेका थिए । बैठकमा ओलीका तर्फबाट खास तथा ठोस प्रस्ताव नआए पनि नेता नेपालको धारणा बुझ्ने काम मात्र भएको बैठकमा सहभागी पूर्व मन्त्री एवं नेता सुरेन्द्र पाण्डेले बताएका थिए । ‘उहाँ (ओली) बाट ठोस प्रस्ताव केही आएन, हाम्रा धारणा सुन्ने काम मात्र भयो,’ बैठकपछि स्थायी कमिटी सदस्य पाण्डेले इकागजसँग भनेका थिए ।
नेपाल लगायतका नेताले ओलीलाई कार्यदलका तर्फबाट नेकपाको एकता, प्रधानमन्त्रीलाई सहयोगका लागि प्रयास गरिएको स्मरण गराएका थिए । ‘पार्टी फुटको संघारमा छ, हामीले न्यूनतम जमिनी तह (बटमलाइन) मा बसेर काम गरेको हो,’ नेता नेपालको भनाइ उद्धृत गर्दै पाण्डेले भनेका थिए, ‘हामीले तपाईं पार्टी अध्यक्ष, तपाईं प्रधानमन्त्री, तपाईंको काँधमा जिम्मेवारी बढी छ तपाईंले नै हो समाधान गर्ने भन्यौ । ठोस प्रस्तावका कुरा केही भएन ।’ के उद्देश्यले नेपाललगायत तपाईं नेताहरुलाई ओलीले बोलाउनु भयो भन्ने प्रश्नमा पाण्डेले भने, ‘त्यो त कसरी थाहा पाउनु र ?’
यसैगरी बैठकमा सहभागी अर्का नेता भीम रावलले पनि प्रधानमन्त्रीसँगको छलफलका क्रममा कुनै निर्णय नभएको बताएका थिए । ‘निर्णय केही भएन, सामान्य विचार राख्ने काम मात्र भयो,’ नेता रावलले इकागजसँग भनेका थिए, ‘ ठोस प्रस्ताव थिएन, विवरणात्मक मात्र थियो ।’
प्रधानमन्त्रीले अझै बैठक नबोलाएकाले दाहाल पक्षधर के गर्ने भन्ने रणनीति तय गर्दैछन् । प्रधानमन्त्रीलाई दुई दिने अल्टिमेटम दिएकाले साँझसम्म पर्खने उनीहरुले बताए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘केहीबेर पर्खने र छलफल गर्नेछौं । त्यसपछि के गर्ने निर्णय गर्नेछौं ।नबोलाए अर्को रणनीतिमा हामी अघि बढ्ने छौं । दलभित्रको समस्या समाधान गर्दै जानुपर्ने अवस्था छ ।’
आइतबार अन्तरपार्टी विवादलाई माक्सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुल्झाउनसमेत आयोगका अध्यक्ष अमृतकुमार बोहोराले सुझाएका थिए । उनले पार्टी समितिका आधिकारिक निकायलाई गतिशील तुल्याइ विभाजन जस्ता सुन्न नसकिने कुरा सार्वजनिक नगर्न सुझाव दिएका छन् ।
अध्यक्ष बोहराले गत भदौ २६ को स्थायी समित बैठकका निर्णय कार्यान्वयनमा लैजान सुझाएका थिए । त्यसका लागि नेतृत्वलाई तत्परता देखाउन आग्रह गर्दै बोहोराले समृध्द समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न पार्टी एकता जरुरी भएकाले फुटतर्फ नजान सुझाएका छन् । ‘जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं । पार्टी एकताका बाँकी सबै काम छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रुपमा एकताबध्द बनाऔं,’ उनले भनेका छन, ‘पार्टीमा देखापरेका अनुशासन र पद्दतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा विचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गरौँ ।’
उनले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको विषय नेतृत्वले भुल्न नहुने उल्लेख गरेका छन् । समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई नेतृत्वले इन्कार गर्न नहुँने भन्दै पार्टीमा अहिले देखिएको किचलो र आरोप प्रत्यारोपणले कार्यकर्ता दुःखी बनेको बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टी पंक्तिलाई निराश पार्ने ‘गालिगलौज’ ‘निन्दा भत्र्सना’ ‘आरोप-प्रत्यारोप’ र ‘पार्टी विभाजन’ जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरू सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेका छन,’ विज्ञप्तीमा भनिएको छ,‘यो हाम्रा लागि गम्भीर चिन्ताको विषय हो । हामीसँग आन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा माक्सवादी परम्परा रहेका छन् । विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु हामीसँग छन् । त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु ।' विधि र पध्दति पार्टीका प्राण हुन भन्दै विज्ञप्तीमा उल्लेख छ, ‘पध्दति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरु हामीले बुझेकै छौं । तर हामी किन पार्टी विधान अनुसार विधि पध्दतिको पालना गर्दैनौ ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ?’
नेकपा केन्दीय कमिटीको बैठक यही कात्तिक १५ गते बस्ने तय भएको थियो । तर नेताहरुबीच बढ्दो विवादका कारण केन्द्रीय कमिटी बैठक एक महिना पर धकेलिएको छ । यसको असर आगामी चैतमा गर्ने भनिएको नेकपाको एकता अधिवेशनसम्म पर्ने देखिन्छ ।
कर्णालीमा आफ्नै पार्टीका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव गरेपछि चुलिएको विवाद हाल उत्कर्षमा पुगेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले आफू खुसी मन्त्रिपरिषद पुनर्गठन र भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेपछि ओली दाहालबीच अविश्वास बढेको छ ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_Sz4P28Qf2V_bn5oohs8zivbquberexvmbg4wjijtxb7jz909xs8nrwl9nvycm0i4wenovs6.jpg)
प्रतिक्रिया