राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक १२औँ अधिवेशनको ४५औँ बैठक हो ।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।
अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

प्रतिक्रिया