मदन पुरस्कारका लागि ८ श्रेष्ठ पुस्तकबीच प्रतिस्पर्धा

काठमाडौँ - मदन पुरस्कार गुठीले २०७८ सालमा प्रकाशित पुस्तकमध्येबाट उत्कृष्ट ८ को सूची सार्वजनिक गरेको छ । गुठीले दर्ता हुन आएका २ सय ९९ पुस्तकबाट उत्कृष्ठ ८ को सूची सार्वजनिक गरेको हो । अन्तिम सूचीमा अटाएका नाममा नवराज लम्सालको ‘अग्नि’, बसन्त बस्नेतको ‘महाभारा’, दामोदर पुडासैनीको ‘ग्रिष्मको नीलो बतास’, दीपा मेवाहाङ राई ‘यादको सन्दुक’, नयनाथ पौडेलको ‘लिच्छवी लिपी’, नीलमणि ढुंगानाको ‘संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिती प्रणाली’ रहेका छन् ।
यिनै ८ पुस्तकमध्ये एकलाई २०७८ सालको मदन पुरस्कार अर्पण गरिनेछ । मदन पुरस्कारले पुस्तकसँगै कला साहित्यको क्षेत्रमा योगदान दिने व्यक्तिलाई जगदम्बाश्री पनि दिँदै आएको छ । यसको घोषणा भने भइसकेको छैन । मदन पुरस्कार र जगदम्बाश्रीको पुरस्कार राशि ४ लाख रहेको छ । मदन पुरस्कारको स्थापना २०१२ सालमा भएको हो भने जगदम्बाश्री २०४५ साल देखि दिन लागिएको हो । सत्यमोहन जोशी र नारायण गोपालले क्रमशः पहिलोपल्ट यी पुरस्कार तथा सम्मान ग्रहण गरेका थिए ।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_Yt5BFJQCkd_of316rjywlbh4tv9zopt7nqtzfa023sqixdq1bpypdfckfcgrbuhdrqdza1s.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया