सविन श्रेष्ठले पूरा गरे शौचालयमा सेनेटरी प्याड राख्ने वाचा

काठमाडौँ - अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहले वाचा अनुरुप राजधानीका ५ ठाउँमा महिनावारी प्याड निःशुल्क उपलब्ध गराएका छन् । सविनले काठमाडौँको गौशाला, नयाँ बसपार्क, रत्नपार्क, भृकुटीमण्डप र स्ययम्भुमा महिनावारी प्याड राखेका हुन् । उनले केही समयअघि सार्वजनिक शौचालयमा महिनावारी प्याड निःशुल्क उपलब्ध गराउने घोषणा गरेका थिए ।
सोहीअनुसार सार्वजनिक शौचालय भएका ५ ठाउँमा उनले बक्ससहित महिनावारी प्याड राखेका हुन् । सविनले यसरी राखिएका प्याड आपतकालीन अवस्थामा महिला तथा दिदी बहिनीका लागि उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।
‘आपत परेको बेलामा अथवा किनेर प्रयोग गर्न नसक्ने दिदी बहिनीलाई सजिलो होस् भनेर यो राख्ने सोच बनाएको थिएँ । काठमाडौँ महानगरपालिकासहित अरु संघ संस्थाको सहयोगले यो सम्भव भएको छ,’ उनले भने, ‘हामी अरु ठाउँमा पनि यो कामलाई निरन्तरता दिनेछौँ ।’सविनले छवि ओझाको निर्माण रहेको फिल्म ‘अन्दाज’बाट नेपाली फिल्ममा डेब्यू गरेका थिए । यसअघि उनले कान्तिपुर टेलिभिजनबाट प्रसारण भएका केही टेलि सिरियलमा अभिनय गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया