यी हुन् एक अर्बदेखि पाँच अर्ब कमाउने बैंक

काठमाडौँ- लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले भने मनग्य नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् तर, गएको आर्थिक वर्षमा भने सबै बैंकहरूले उल्लेख्य नाफा कमाएका छन् ।
शनिबारसम्म २६ वटै वाणिज्य बैंकहरूले गएको आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूले गएको आर्थिक वर्षमा २३ दशमलव २७ प्रतिशतले नाफा बढाएका छन् । सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकको पाँच अर्ब २१ करोड रुपैयाँ छ ।
यसैगरी, ग्लोबल आईएमई बैंकले पाँच अर्ब २० करोड, नबिलले चार अर्ब ९७ करोड, एनआईसी एसियाले चार अर्ब ५२ करोड र नेपाल इन्भेष्टमेन्टले चार अर्ब आठ करोड रुपैयाँ नाफा गरेका छन् ।
सबैभन्दा कम नाफा सेञ्चुरी कमर्सियल बैंकको एक अर्ब ३५ करोड छ । सिभिल बैंकले एक अर्ब ३८ करोड, लक्ष्मी बैंकले एक अर्ब ६० करोड, नेपाल एसबीआई बैंकले एक अर्ब ६३ करोड र बैंक अफ काठमाडौंले एक अर्ब ८१ करोड नाफा रुपैयाँले गरेको छ । सेञ्चुरी र सिभिलको नाफा वृद्धिदर भने सबैभन्दा बढी छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सेञ्चुरीको १६२ र सिभिलको ११५ प्रतिशतले नाफा बढेको छ । कृषि विकास, हिमालयन र सानिमा बैंकको नाफा भने घटेको छ । कृषि विकासको नाफा २६ प्रतिशतले घट्दा हिमालयनको १७ प्रतिशत तथा सानिमाको १ प्रतिशतले घटेको छ ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया