नगरकोटीको ‘कल्प–ग्रन्थ’ खाेज्ने ३७१३, वैशाख १५ देखि पाठकको हातमा

काठमाडौं : कुमार नगरकोटीको पुस्तक ‘कल्प–ग्रन्थ’को वैशाख २५ मा सार्वजनिक हुने भएको छ । चैत १४ मा सार्वजनिक गर्नेगरी प्रीमियम संस्करण मात्र निकाल्ने घोषणा गरेको प्रकाशक बुकहिलले निर्धारित समयमा छपाईको काम नसकिएको भन्दै पुस्तक सार्वजनिक गर्ने मिति सरेको जनाएको हो ।
तर, वैशाख २५ मा सार्वजनिक हुने भए पनि डेलिभरीको काम भने वैशाख १५ गतेबाट सुरु हुनेछ । प्रकाशकले गत मंसिर १ गतेदेखि २०२१ रुपैयाँ भुक्तान लिई किताब अर्डर गर्ने व्यक्तिले मात्र किताब पाउने बताएका थिए । प्रकाशकले कल्प–ग्रन्थको ३ हजार ७ सय १३ प्रति प्रीबुकिङ भएको जनाएका छन् ।
यसैबीच पुस्तकको प्रोमोसनका लागि भन्दै तयार गरिएको गीत ‘खर्पनमा बोकी हिँड्छु अचेल’ सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गीतको भिडियोमा कुमार नगरकोटीको शब्द तथा अभिनय, हरि लम्सालको संगीत र सुगम पोख्रेलको स्वर रहेको छ ।
बुक–हिलले निर्माण गरेकोे म्युजिक भिडियोमा नितिन चन्दको छायांकन र सम्पादन तथा भूपेन्द्र खड्काको निर्देशन रहेको छ ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया