तनहुँका पाँच पालिकामा सार्वजनिक बिदा

तनहुँ- २८ औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा तनहुँका पाँचवटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले साउन २४ गतेका दिन मङ्गलबार सार्वजनिक बिदा दिएका हुन् । जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।
विश्व आदिवासी जनजाति दिवसका अवसरमा स्थानीय बिदा दिने निर्णय अनुरूप सार्वजनिक बिदा दिइएको व्यास नगरपालिका कार्यालयका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । बिदा दिइएका पालिकामा अत्यावश्यकबाहेक कार्यालय, वडा कार्यालय, सेवा कार्यालय, आधारभूत स्वास्थ्य कार्यालयलगायतका सबै सङ्घसंस्था बिदा हुने उनले बताए ।
त्यसैगरी नगरपालिकाभित्रका सबै विद्यालय, पालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्था तथा निजी सङ्घसंस्था र निकायहरूलाई समेत सार्वजनिक बिदा दिइएको छ ।
आदिवासी जनजातिहरूको बाहुल्य रहेको क्षेत्र भएका कारण सार्वजनिक बिदा दिइएको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । जिल्लाका पाँच पालिकाहरुले सार्वजनिक बिदा दिएकोप्रति आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँकी जिल्ला अध्यक्ष बसुन्धारा घर्तीले आभार व्यक्त गरेकी छन् ।

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

प्रतिक्रिया