मलेसियामा कोभिडका सङ्क्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु

क्वालालम्पुर । मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ ।
मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्दै गएको र अहिलेसम्म देशका ४७ लाखभन्दा बढीमा सो सङ्क्रमण फैलिएको छ ।
यहाँ गएको २४ घन्टा मान्यता छ जना सङ्क्रमितको कोभिडकै कारण ज्यान गएको छ । यो समेत गरी मलेसियामा कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३६ हजार ३२ जना पुगेको बताइएको छ ।
देशभर अहिले पनि ४३ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गम्भीर बिरामी भएका केहीको सघन उपचार कक्षमा उपचार भइरहेको छ । सिन्ह्वा
भारतको ‘अप्रेशन सिन्दूर’विरूद्ध पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’

ट्रम्प मध्यपुर्वमा निस्कनुअघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

मस्को परेडपछि पुटिनले भेटे उत्तरी कोरियाली सैनिक, दिए धन्यवाद

गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते

गाजामा मानवीय सहायता : इजरायलले वितरणमा भाग नलिने, सुरक्षा मात्र दिने

प्रतिक्रिया