कार्तिक ४ बाट असोज २१ मा सर्यो दया र सौगातको ‘२ नम्बरी’

काठमाडौँ- कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘२ नम्बरी’को प्रदर्शन मिति हेरफेर भएको छ । यो चलचित्र तिहारको अवसरमा कार्तिक ४ गते रिलिज हुने पक्का भएको थियो । तर, निर्माणपक्षले अब यो चलचित्रको प्रदर्शन मिति २ साता अगाडि सारेको छ । चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले अब चलचित्र असोजको २१ गतेबाट रिलिज हुने जानकारी दिए ।
वितरकसँग सल्लाह गरेर नै आफूहरुले असार २१ गते खाली रहेको मितिमा चलचित्र रिलिज गर्न लागेको उनको भनाइ छ ।दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन् । २ साथीको मित्रताको कथामा यो चलचित्र बनेको हो ।
सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा मिठु तामाङ्नी सह–निर्माताको रुपमा छिन् । चलचित्रमा दीपक मनाङे अमलादेवी राई र जयश श्रेष्ठ निर्माताको रुपमा छन् । यो चलचित्र कार्तिक ४ बाट असोज २१ मा सरेसँगै अब कार्तिक ४ मा चलचित्र ‘के घर के डेरा’ले सोलो रिलिजको अवसर पाएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया