सेयर बजार ४३ अंकले घट्यो, कारोबार रकम २.८१ अर्ब

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलवारको कारोबारमा पनि गिरावट आएको छ । आज सेयर बजार परिसूचक ४३.३५ अंकले घटेको हो।
साताको पहिलो कारोबारमा १० अंकले बढेको बजार सोमबार १८ तथा मंगलवार ४३ अंकले घटेको छ। मंगलवार २.०६ प्रतिशतले बजार घट्दा ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक ८.६८ ले घटेर ३९७.४३ अंकमा कायम रहेको छ। ४३ अंक घट्दा समग्र बजार परिसूचक २०६२.८० मा झरेको छ।
आज २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५ सय ९८ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ६६ लाख ४६ हजार ३६ कित्ता सेयर ४६ हजार २ सय ८९ पटकमा खरिद बिक्री भएको छ।
बजार घट्दा मंगलवार १३ ओटै उप-समूहको सेयर मूल्य घटेको छ।
प्रतिक्रिया